Sticky Breaking News
फाइनान्स कम्पनीहरुको वित्तिय अवस्था अत्यन्तै नाजुक, खराब कर्जा बढेर ८.१३ प्रतिशत पुग्योः राष्ट्र बैंक बेखबर !


नेपालका ११ फाइनान्स कम्पनीहरुको वित्तिय विवरण यति नाजुक छ कि हेर्दा पनि डरलाग्दो देखिन्छ भन्दा फरक पर्दैन । नाफा घटेको मात्रै छैन खराब कर्जा ८.१३ प्रतिशतले बढेको उनीहरुकै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरणबाटै प्रस्ट हुन्छ भन्दा फरक पर्दैन । अधिकांश फाइनान्सको वित्तीय अवस्था बिग्रिएको देखिन्छ । चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ११ फाइनान्समध्ये ७ वटाको खुद नाफा घटेको देखिन्छ । सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये ११ वटाले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेकामा ४ वटा घाटामै गएको भेटिएको छ ।
पोखरा, गुहेश्वरी, गोर्खाज र बेस्ट फाइनान्स नोक्सानीमा गएका हुन् । पोखरा फाइनान्सको वित्तीय अवस्था संकटउन्मुख छ । नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको पोखराको पुँजीकोष ऋणात्मक छ । यसले निक्षेप संकलन र कर्जा लगानी गर्न पाउँदैन । भन्दा फरक पर्दैन ।
वित्तीय विवरण निकालेका फाइनान्सको खराब कर्जा चुलिएर औसतमा ८.१३ प्रतिशत पुगेको छ । पोहोर दोस्रो त्रैमासमा ११ वटा फाइनान्सको औसत खराब कर्जा ५.०४ प्रतिशत रहेकामा अहिले ३.०९ प्रतिशत विन्दुले थपिएको हो । तीन वटा फाइनान्स खराब ऋण घटाउन सफल भएकामा ८ वटाको बढेको छ । फाइनान्सको सम्भावित कर्जा नोक्सानी बापतको व्यवस्था (प्रोभिजनिङ) व्यापक वृद्धि भएको छ । वित्तीय विवरण अनुसार प्रोभिजनिङ चार गुणाले वृद्धि भएको छ ।११ व टा फाइनान्सले १ अर्ब २३ करोड ८७ लाख रुपैयाँ प्रोभिजनिङ गरेका छन् । पोहोर दोस्रो त्रैमाससम्म फाइनान्सले २९ करोड १५ लाख रुपैयाँ प्रोभिजनिङ गरेका थिए । फाइनान्स कम्पनीहरुको वित्तिय विवरणबाटै प्रस्टै देखिन्छ अब फाइनान्स कम्पनीहरुको अवस्था नाजुक मात्रै छैन । केही कम्पनीहरुलाई राष्ट्र बैंकले हस्तक्षेप गर्दैछ भन्दा फरक पर्दैन । सचेत भया ।