जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्री पुनबीच भेट

डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्री पुनबीच भेट

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसनले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । भेटमा एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको बारेमा जानकारी गराए ।

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसायोग्य रहेको बताए । मन्त्री पुनले खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्न सुझाव दिए ।

भेटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरुका बारेमा छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले बताए ।

615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका