जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रभु बैंकबाट करोडौं अपचलन गर्ने निरज विक्रम शाह पक्राउ

प्रभु बैंकबाट करोडौं अपचलन गर्ने निरज विक्रम शाह पक्राउ

करोडौँ रुपैयाँ अपचलन गरेर फरार भएका प्रभु बैंकका कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ राडीबजारमा रहेको प्रभु बैंकको शाखाबाट करिब २ करोड रुपैयाँ पैसा अपचलन गरेर फरार रहेका शाहलाई आज सार्वजनिक गरेको हो।

बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत कर्मचारी निरज विक्रम शाहलाई बिहीबार नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरेर आज सार्वजनिक गरेको डिएसपी नवराज भट्टराईले बताए ।

शाहले १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गरेका थिए ।

तिमिल्सिनाले मुद्धा दर्ता गरेको भन्दा बाहेक अन्य १९ जना व्यक्तिले आफुले बैंकमा जम्मा गरेको पैसा शाहले जम्मा नगरेको भन्दै उजुरी दिएको डिएसपी भट्टराईले बताए । शाहले बैंकमा कार्यरत रहदा माघ ७ गते, १७ गते र १९ गते बैंकको शाखाबाट चेक नम्बर ००४४२१३७२३ बाट २९ लाख, चेक नम्बर २०४४२१३७२४ बाट ७८ लाख ७५ हजार र चेक नम्बर ००४४२१३७२१ नम्बर बाट २३ लाख ५० हजार रुपैयाँ सहित १ करोड ३१ लाख २५ हजार अनाधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरेको भट्टराइले बताए ।

‘शाहले ३ वटा चेकबाट १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको देखिएको छ’ उनले भने ‘ त्यो मात्रै नभएर बैंकका सेवाग्राहीले जम्मा गरेको पैसा शाहले उनीहरुको खातामा जम्मा नगरी आफैले प्रयोग गरेको भन्दै उजुरी आईरहेको छ । अहिलेसम्म करिब २ करोड पुगेको छ । अनुसन्धान गर्दैजाँदा यो रकम बढ्ने देखिएको छ ।’

शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न सुरु गरिएको डिएसपी भट्टराईले बताए ।

3310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका