जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राजस्व चुहावटको आरोपमा छविलाल अगस्ती विरुद्ध मुद्दा दायर, दुई करोड १६ लाख बिगो माग

राजस्व चुहावटको आरोपमा छविलाल अगस्ती विरुद्ध मुद्दा दायर, दुई करोड १६ लाख बिगो माग

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा एक जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले बिहिबार पर्साको पर्सौनी गाउँपालिका वडा नं. १ का नवराज शर्मा भन्ने छविलाल अगस्ती विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

उनले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका विदेशी ब्राण्डका चुरोट, गुट्का लगायतका मालवस्तुहरु नेपाल भित्र ल्याइ बिक्री वितरण सोबाट प्राप्त आयको सरकारलाई बुझाउनु पर्ने राजस्व नबुझाएकोे पाइएको विभागले जनाएको छ ।

उनले राजस्व चुहावट गरेको पुष्टि भएको छ । साथै बरामद भएको उक्त सामानको बिगो एक करोड ४० लाख ६४ हजार ६६८ रुपैयाँ कायम गरिएको छ । साथै विभागले दुई करोड १६ लाख ९ हजार ५१६ रुपैयाँ बिगो कायम गरी उनी विरुद्ध मुद्दा दायर गरिएको छ ।

4390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका