जोडिनुहोस
आइतवार, साउन ३, २०८३
आइतवार, साउन ३, २०८३
  • होमपेज
  • डेभलपमेन्ट बैंकर्स संघको सीईओमा डंगोल नियुक्त

डेभलपमेन्ट बैंकर्स संघको सीईओमा डंगोल नियुक्त

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मञ्जिला डंगोल नियुक्त भएकी छन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा व्यवस्थापकीय तहमा करिब १५ वर्ष काम गरेको अनुभव छ ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन लगायतका क्षेत्रमा डंगोलको विशेष दख्खल छ।

3080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका