जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • बीमा कम्पनीले दाबी भुक्तानी दिएनन्, हैरानी भयो ? तत्कालै प्राधिकरणमा गुनासो गर्नुहोस्

बीमा कम्पनीले दाबी भुक्तानी दिएनन्, हैरानी भयो ? तत्कालै प्राधिकरणमा गुनासो गर्नुहोस्

सबै कागजपत्र दिई सक्दा पनि अनेक बहानाबाजी गरेर बीमा कम्पनीहरुले दाबी भुक्तानी नदिएकाले सास्ती भोग्नु परिरहेको छ ? बीमालेखको धितोमा कर्जा माग्दा पाइएन ? बीमालेख समर्पणका लागि आवेदन दिएको २४ घण्टा बितिसक्दा पनि तपाईको खातामा रकम प्राप्त भएको छैन ?

बीमाशुल्क भुक्तानी गर्नुभयाे तर तपाईको मोबाइल र इमेलमा म्यासेज आएन ? बीमालेख कर्जाको साँवा र ब्याज भुक्तानीका लागि नियमित सूचना नै नदिएर बीमा कम्पनीले तपाईको बीमालेख जफत गरिदिएको छ ? तपाईले बीमालेख धितोमा लिएको कर्जाको रकमभन्दा बढी रकम तपाईको नाममा कर्जा देखिएको छ? कर्जा लिंदाको समयभन्दा ब्याज दर बढेको छ?

अभिकर्ताले तपाईसँग बीमाशुल्कको पैसा लिएर पनि तपाईलाई बीमालेख वा नविकरण रसिद दिएको छैन ? बीमाशुल्क भुक्तानी गर्न बीमा कम्पनीको कार्यालय पुग्दा कार्यालयमा कर्मचारी भेट्नु भएन ? वा पूर्व सूचना बिना नै बीमा कम्पनीको कार्यालय बन्द गरिएको छ?

यी र यस्ता थुप्रै समस्या र गुनासाबाट जीवन वा निर्जीवन बीमा कम्पनीका बीमित पीडित प्रभावित भएका हुनसक्छन् । ती समस्याहरुको सम्बोधनका लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणले गुनासो सुनुवाई डेस्कको स्थापना गरेको छ। बीमा प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत् समेत बीमित वा पीडितले कानूनी उपचारका लागि प्राधिकरणमा अनलाइनमाध्यमबाट निवेदन वा उजुरी दर्ता गर्न सक्छन् ।

1720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका