जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एसिया बैंकका ग्राहकलाई लेट मि इनमा छुट, डिजिटल भुक्तानी गर्नुपर्ने

एनआईसी एसिया बैंकका ग्राहकलाई लेट मि इनमा छुट, डिजिटल भुक्तानी गर्नुपर्ने

एनआईसी एसिया बैंकका ग्राहकले छाला सम्बन्धी उपचारमा संलग्न संस्था लेट मि इनका सेवाका छुट पाउने भएका छन्।

आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बैंकले लेट मि इनसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले लेट मि इनका काठमाडौंको नयाँ बानेश्वर, महाराजगंज र पोखराको चिप्लेढुंगास्थित आउटलेटमा छुट पाउनेछन्।

हेयर ट्रान्सप्लान्ट, फेसियल लगायत सेवामा १० प्रतिशत र कोरियन उत्पादनमा ८ प्रतिशत छुट पाउनेछन्। छुट सुविधाका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नु पर्नेछ ।

1375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?