जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ३०५१ अंकसम्म पुग्यो सेयर बजार !!

३०५१ अंकसम्म पुग्यो सेयर बजार !!

वाणिज्य बैंक समूहले गति लिँदा सेयर बजारले ऐतिहासिक उचाइ हासिल गरेको छ। केही दिनदेखि विकास बैंकहरुमा आकर्षित भएका लगानीकर्ता सोमबार वाणिज्य बैंकहरुमा स्विच हुँदा बजार ४२.७२ अंकले बढेर बन्द भएको छ।

बीचमा बजार ३०५१ अंकसम्म पुगेको थियो। केही करेक्सन भएर ३०२५ अंकमा बन्द भएको हो। दिनभरीमा १८ अर्ब ८८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। २२१ कम्पनीको सेयर कारोबार भएको छ। वाणिज्य बैंकतर्फ २४ कम्पनीको कारोबार भएकोमा सबैको मूल्य बढेको हो। सबैभन्दा बढी सिद्धार्थ बैंकको मूल्य बढेको छ। यसपछि लक्ष्मी, सनराइज, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, नेपाल एसबीआइ र सेञ्चुरी बैंकको मूल्य बढेको छ।

विकास बैंकहरुको समग्र सूचक ५६ अंकले घटेको छ। तैपनि सिन्धु विकास बैंक, कर्णाली विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको मूल्य बढेको छ।

नेप्सेका अनुसार, व्यापार, विकास बैंक, जलविद्युत, अन्य, जीवन बीमा र सामूहिक लगानी कोष समूह घटेको छ। जबकी ह्यातले उच्च घाटा देखाएकै दिन होटल तथा पर्यटन क्षेत्रको सूचक १५८ अंकले बढेको छ।

घाटा १२ करोड ६५ लाख रुपैयाँ पुगेको घोषणा गरेको दिन सेयर मूल्य भने करिब १० प्रतिशतले बढेको छ।

बजारमा अरुण भ्यालीको सर्वाधिक धेरै कारोबार ६२ करोड ६० लाख रुपैयाँको भएको छ। यसपछि अपी पावरको ५४ करोड ८६ लाख, हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ। रिइन्स्योरेन्स र लुम्बिनी विकास बैंकको पनि सर्वाधिक कारोबार भएको छ।

सोमबारको बजारमा नेपाल इन्स्योरेन्स, खानीखोला, जोशी, घलेम्दी, ङादी, ओरेन्टल होटल, सीइडीबी हाइड्रो, तारागाउँ रिजेन्सी (ह्यात) को सेयर मूल्यमा बढेर सर्किट लागेको छ।

माउन्टेन हाइड्रो, अरुणभ्याली, युनाइटेड मोदी, गुडविल फाइनान्स, ग्रीनलाइफ हाइड्रोको सेयर मूल्य धेरै घटेको छ।

5625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?