जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग

हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।

उक्त हकप्रद सेयर निष्कासन तथा विक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

2580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका