सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी १६औं वार्षिक साधारण सभा शुक्रबार सम्पन भएको छ । कम्पनीको सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।
सभामा ३५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले संचालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लगि समेत) सभाले पारित गरेको हो ।
सभामा गत आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/८० को २०७९ पौष ६ गतेको नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गरेको छ ।
यसका साथै सूर्यज्योति लाइफको लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/८० को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।
सभाले चालु आवका लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।