जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकले कमायो ५१ करोड २५ लाख नाफा, ब्याज आम्दानी १४ प्रतिशत बढ्यो, इपिएस कति ?

गरिमा विकास बैंकले कमायो ५१ करोड २५ लाख नाफा, ब्याज आम्दानी १४ प्रतिशत बढ्यो, इपिएस कति ?

गरिमा विकास बैंकले ६ महिनामा ५१ करोड बढी नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार बैंकले ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत आवको तुलनामा भने सामान्य अर्थात् २.०८ प्रतिशत मात्रे बढी हो । गत आवको सोही अवधिमा पनि बैंकले ५० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १४.४० प्रतिशत बढेर १ अर्ब ८० करोड ५० लाख रुपैयाँ पुगेको छ । बैंकको कुल संचालन आम्दानी पनि १५ प्रतिशत बढेर २ अर्ब २ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।यता, बैंकको संचालन नाफा सामान्य बढेर ७३ करोड १७ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफ बढेसँगै खुद नाफा बढेको हो । बैंकको वितरणयोग्य नाफा भने २ करोड २१ लाख ८६ हजार रुपैयाँ छ ।

बैंकको खराब कर्जा पनि १.८९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४७ पैसा छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ५८ करोड ७ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन २.०९ प्रतिशत बढेर ७८ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी भने ३.१५ प्रतिशतले बढेर ६३ अर्ब ९० करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका