जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आईएमई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वर्ष पुरा गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा उल्लेखनीय प्रगति भइरहेको उल्लेख गरेका थिए । पछिल्लो १० दिनमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी वृहत रुपमा अपत्यारीलो नतिजा प्राप्त गर्न सफल समेत उनले जानकारी दिए   ।

एकै दिनमा ५७१ जनाबाट वृहत रक्तदान, ७४८ जनालाई बीमा अभिकर्ता तालिम र सातवटै प्रदेशमा १३०२ जनालाई लाभान्वित हुने गरी स्वास्थ्य शिविर र ५८४८ विद्यार्थीमा बीमा साक्षरता जागरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको कम्पनीले जनाएको छ ।

सोहि कार्यक्रममा काठमाडौं, लैनचौर स्थित कार्यालयमा बोल्दै कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले बीमा व्यवसायलाई व्यवस्थित गर्दै विस्तार गरी  राष्ट्रको नीति एक घर, एक बीमा कार्यक्रमलाई आत्मसात गर्नु पर्ने आवश्यकतामा जोड दिए । पाँचबर्ष अघि स्थापना भएको कम्पनीले हाल देशैभरी १४० भन्दा बढि शाखाहरुबाट सेवाप्रदान गरिरहेको छ ।

1160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका