जोडिनुहोस
सोमवार, जेष्ठ ७, २०८१
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • सानिमा बैंक मान्म शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंक मान्म शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंक मान्म शाखाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उद्योग वाणिज्य संघ कालिकोटका पदाधिकारी, मान्मस्थित उद्योगी व्यवसायी तथा यस क्षेत्रमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मान्म कालिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम होटल चन्द्र सूर्यमा आयोजित गरिएको थियो ।

उक्त कार्यक्रममा, बैंकको तर्फबाट अत्याधुनिक बैंकिङ अन्तर्गत डिजिटल बैंकिङ र यसको आवश्यकता साथै वित्तीय अपराधका साथै यसबाट बच्ने उपायहरुको बारेमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।

उक्त अवसरमा शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले आजको युगमा डिजिटल बैंकिङ सेवाको अपरिहार्यताको सन्दर्भमा प्रकाश पार्दै डिजिटल बैंकिङ आधुनिक बैंकिङको मेरुदण्डको रुपमा रहेको बताए ।

कार्यक्रममा सानिमा बैंक मान्म शाखाद्वारा उद्योग वाणिज्य संघ कालिकोटका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिइ सम्मान गरिएको थियो ।

साथै उक्त अवसरमा उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाहीले यस किसिमको वित्तीय साक्षरता कार्यक्रमले हामी सबैलाई वित्तीय जनचेतना जगाउनुका साथै, वित्तीय जाखिमबाट बच्ने उयायहरुको सन्दर्भमा यस्ता कार्यक्रमहरु अत्यन्तै लाभदायी हुने बताए ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका