जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ग्रीनलाईन सेन्टरलाई ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले दिएको करिब १ अर्ब कर्जामा २० देखि ७० प्रतिशत मात्रै धितोः राष्ट्र बैंक बेखबर ?

ग्रीनलाईन सेन्टरलाई ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले दिएको करिब १ अर्ब कर्जामा २० देखि ७० प्रतिशत मात्रै धितोः राष्ट्र बैंक बेखबर ?

नेपालमा विगत २५ वर्षदेखि उच्च स्तरको मदिरामा व्यापार गर्दै आएको अग्रपाल परिवार एकाएक सम्पर्क विहिन भएपछि ४ वाणिजय बैंकहरुले दिएको करिब १ अर्ब कर्जा जोखिममा छ भन्दा अब चाहि फरक पर्दैन । एक बोतल उच्चस्तरको मदिरालाई ६ लाखसम्मको मूल्यमा विक्री गर्ने ग्रिनलाईन सेन्टरका सञ्चालक ओम प्रकाश अग्रवालका छोराद्वय अभिषेक अग्रवाल र अमित अग्रवालले ४ वटा वाणिजय बैंकबाट १ अर्ब भन्दा बढि कर्जा लिएको भेटिएको छ । भन्दा फरक पर्दैन ।

यी चारवटा बैंकले २० देखि ७० प्रतिशतसम्म कर्जा उठ्ने धितो राखेर कर्जा दिएको खुलेको छ भन्दा अब चाहि फरक पर्दैन । अग्रवाल परिवारका नौ सदस्य बेपत्ता भएपछि यतिबेला ४ बैंकबाट उनीहरुले लिएको ऋण जोखिममा परेको पक्का पक्की भएको छ । नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यवसायिक घरानाका परिवार सम्पर्कविहीन बनेका हुन् । उनीहरुले काठमाडौं दरबारमार्गमा ग्रीनलाईन सेन्टर प्रा.लिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका थिए । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंक उच्च स्रोतले दिएको जानकारी अनुसार ग्रीनलाइन सेन्टर प्रा.लि.लाई नेपाल इन्भेस्टमेन्ट बैंकमा ३२ करोड, मेगा बैंकमा २५ करोड, एभरेस्ट बैंकमा २२ करोड, ग्लोबल आइएमइ बैंकमा १८ करोड कर्जा दिएको देखिन्छ । यसमा बैंकको २० प्रतिसतदेखि ७० प्रतिशतसम्म धितो भएको देखिन्छ । ग्रिनलाईन सेन्टर प्रा.लि.को तर्फबाट ऋण लिएका अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने कानुनी प्रक्रिया अगाडि बढाएको छ । सञ्चालकहरुको नाममा ३५ दिनको सूचना निकालेर बैंकले ऋण तिर्न आग्रह गरेको भेटिएको छ । ग्रिनलाइन सेन्टर प्रा.लि.ले नेपाल इन्भेष्टमेन्ट बैंकमा करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको देखिन्छ । हाइपोथेटिकल ऋणको मात्रा बढी भएकाले धितोबाट मात्र ऋण असुली हुने सम्भावना रहँदैन् । त्यसैले इन्भेष्टमेन्ट बैंकले सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया शुरु गरेको हो भन्दा फरक पर्दैन ।

नियम अनुसार ऋण नउठेपछि बैंकहरु प्रोभिजन गर्नुपर्छ,पुसको अन्तिममा घटना घटेको हुँदा चैतको ब्यालेन्ससिट निकाल्ने बेला यो बराबरको रकम प्रोभिजन गर्नुपर्छ ।’ हाइपो कर्जा दिएका एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनलाई सिल गरेका छन् । अब उनीहरुले आफ्नो पैसा उठाउनको लागि त्यहा भएको मदिरालाई बिक्री गर्ने छन् । भन्दा फरक पर्दैन । ग्रीनलाइन सेन्टर प्रा.लि. विदेशी मदिराको बिक्री गर्ने कम्पनी भएको हुँदा मंहगा मदिरा छन् । त्यस्तै बैंकहरुले ग्रीनलाइनका सञ्चालकको व्यक्तिगत नाममा भएको सम्पत्ति समेत लिलाम गर्ने देखिन्छ । भन्दा फरक पर्दैन ।

नेपाल इन्भेष्टमेन्ट बैंक बाहेक अरु बैंकले भने अहिलेसम्म सार्वजनिक रुपमै ऋण उठाउने कानूनी प्रक्रिया शुरु गरेको देखिँदैन् । उनीहरुले सेन्टरको मदिरा स्टक भएको गोदाममा सिलबन्दी गरेका छन् । गोदाममा इन्भेष्टमेन्टसँगै एभरेष्टले पनि ताला लगाएको छ । स्रोतहरुबाट प्राप्त तथ्यांकलाई हेर्दा बैंकहरुले दिएको सबै ऋण हाइपोथेटिकल नभएको देखिएको छ । भन्दा फरक पर्दैन । विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति धितोमा बैंकले ऋण प्रवाह गरेको देखिएको छ ।


मेगा बैंकले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । मेगा बैंकको कर्जा उठ्ने पक्का पक्की जस्तै छ । तर, अरु एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ । त्यस्तै ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको उनीले दाबी गरे । सन् १९९९ मा ओमप्रकाश अग्रवालले काठमाडौंमा मदिरा कारोबारको लागि ग्रीनलाइन सेन्टर प्रा.लि. खोलेका थिए ।काठमाडौंमा विदेशी र महंगा रक्सी पाइने स्टोरको नाममा ग्रीनलाइन निकै परिचित भएको थियो । ओमप्रकाशले खोलेको कम्पनीको व्यवस्थापन उनका छोराहरु अभिषेक र अमित अग्रवालले गर्दै आएका थिए । अग्रवाल परिवार फरार भएपछि थोरै धितोमा ऋण प्रवाह गरेका बैंकहरु समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ४ वटा बैंकले करिब ८० करोड ऋण दिएको बताए । उनका अनुसार ग्रीनलाइन कम्पनीका सञ्चालकलाई दिएको ऋणको विवरण राष्ट्र बैंकले मागेको थियो । जसमा ४ वटा बैंकले मात्र मात्र ऋण दिएको खुलेको छ ।
बैंकहरुले ग्रीनलाइन सेन्टर प्रा.लि.का सञ्चालकलाई हाइपो तथा अन्य शिर्षकमा कर्जा दिएका थिए । हाइपोमा दिएको कर्जामा धितो हुँदैन । व्यवसायको आधारमा यस्तो कर्जा दिने गरिन्छ । बैंकहरुका अनुसार ग्रीनलाइन सेन्टर प्रा.लि.लाई दिएको कर्जामा ३० करोड जति उठ्ने देखिएपनि ५० करोड जति करिब नउठ्न सक्ने सम्भावना देखिएको छ । भन्दा अब चाहि फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

प्रवक्ता भट्टले यसरी दिएको ऋण नउठेमा बैंकहरुले सो बराबरको रकम नोक्सानी व्यवस्थाको लागि प्रोभिजन गर्नुपर्ने अबस्ता आउने प्रस्ट पारे ।
उनले थपे, ‘नियम अनुसार ऋण नउठेपछि बैंकहरु प्रोभिजन गर्नुपर्छ,पुसको अन्तिममा घटना घटेको हुँदा चैतको ब्यालेन्ससिट निकाल्ने बेला यो बराबरको रकम प्रोभिजन गर्नुपर्छ ।’ हाइपो कर्जा दिएका एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनलाई सिल गरेका छन् । अब उनीहरुले आफ्नो पैसा उठाउनको लागि त्यहा भएको मदिरालाई बिक्री गर्ने छन् । भन्दा फरक पर्दैन । ग्रीनलाइन सेन्टर प्रा.लि. विदेशी मदिराको बिक्री गर्ने कम्पनी भएको हुँदा मंहगा मदिरा छन् । त्यस्तै बैंकहरुले ग्रीनलाइनका सञ्चालकको व्यक्तिगत नाममा भएको सम्पत्ति समेत लिलाम गर्ने देखिन्छ । भन्दा फरक पर्दैन ।

ग्रीनलाइन सेन्टर प्रा.लि.का सञ्चालकको ज्ञानेश्वरमा घरजग्गा तथा विभिन्न स्थानमा अपार्टमेन्ट छ । ऋण दिएका बैंकहरुले जग्गा र घर समेत धितो लिएको हुँदा सो घरजग्गा लिलाम हुने पक्का पक्की भएको छ भन्दा फरक पर्दैन । घरमा भेटिएको त्यो पत्र ? महानगरीय प्रहरीवृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौंको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो । प्रहरीले अग्रवाल परिवारको घरबाट एउटा पत्र फेला पारेको छ । ओमप्रकाश अग्रवाल, उषा अग्रवाल (श्रीमती) र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको उक्त पत्रमा बैंक, वित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफूहरू सम्पर्कविहीन बन्नु परेको उल्लेख छ ।

सम्पत्तिभन्दा बढी तिर्नुपर्ने ऋण देखिएको छ भने व्यक्तिगत ऋण पनि ठूलो मात्रामा भएका कारण डुब्ने खतरा देखिएको छ । ग्रीनलाइन सेन्टर प्रा.लि. नेपालमा महँगो विदेशी रक्सी बेच्ने कम्पनी हो । उक्त कम्पनीले एक बोतलकै ६ लाख रुपैयाँ पर्ने रक्सीसमेत आयात गरेर बेच्ने गरेको थियो । २२ वर्षदेखि विदेशी मदिरा नेपाल भित्र्याएर बेच्ने यो कम्पनी नेपालको सबैभन्दा महँगो रक्सी बेच्ने कम्पनीमध्येको एक हो । अग्रवाल परिवारका सदस्यहरू २२ पुसदेखि बेपत्ता भएका हुन् ।

अभिषेकका बुबा ओमप्रकाश अग्रवालले छोराहरू अभिषेक र अमितले सञ्चालन गर्दै आएको ग्रीनलाइन सेन्टर प्रालि कोरोना संक्रमणपछि धरापमा परेको र त्यो सञ्चालन गर्न बैंक तथा अन्य विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा यो अवस्था भोग्नु परेको पत्रमा खुलाएका छन् ।
काठमाडौं ज्ञानेश्वरमा बस्दै आएका अग्रवाल परिवार सम्पर्कविहीन हुँदा घरमा पत्र छोडेका थिए । पत्र अभिषेकका ७३ वर्षीय बुबा ओमप्रकाश अग्रवालले लेखेका छन् । उनले विभिन्न व्यक्तिबाट मिटर ब्याजमा लिएको रकमका कारण बाँच्नु न मर्नुको अवस्थामा पुगेकोसमेत पत्रमा खुलाएका छन् । ‘हामीले ग्रीनलाइन सेन्टर प्रा.लि.बाट कमाएको नाफाले ब्याज तिर्दै आएका थियौँ । तर, २१ असोजमा बैंकहरूले ग्रीनलाइन सेन्टर प्रा.लिलाई पनि ताल्चा लगाइदिएकाले हामीले मिटर ब्याजका लागि पैसा तिर्न सक्ने अवस्था रहेन,’ पत्रमा भनिएको छ ।

आफूहरूको नाममा रहेको कम्पनी, बैंक तथा मिटर ब्याजमा दिनेहरूले कानुनी रूपमा बाँडेर लिन पनि अग्रवाल परिवारले भनेको छ । तर, उनीहरूको सम्पत्तिभन्दा बढी तिर्नुपर्ने ऋण देखिएको छ भने व्यक्तिगत ऋण पनि ठूलो मात्रामा भएका कारण डुब्ने खतरा देखिएको छ ।
ग्रीनलाइन सेन्टर प्रा.लि. नेपालमा महँगो विदेशी रक्सी बेच्ने कम्पनी हो । उक्त कम्पनीले एक बोतलकै ६ लाख रुपैयाँ पर्ने रक्सीसमेत आयात गरेर बेच्ने गरेको थियो । २२ वर्षदेखि विदेशी मदिरा नेपाल भित्र्याएर बेच्ने यो कम्पनी नेपालको सबैभन्दा महँगो रक्सी बेच्ने कम्पनीमध्येको एक हो । अग्रवाल परिवारका सदस्यहरू २२ पुसदेखि बेपत्ता भएका हुन् । विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिबाट उनीहरूले करिब ३ अर्बभन्दा बढी रकम ऋण लिएर भागेको प्रहरीको अनुमान छ । भन्दा फरक पर्दैन ।

4935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका