जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • २.२९ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर

२.२९ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर

कर्जाको ब्याजदर पनि महिनैपिच्छे घट्न थालेको छ । एक वर्षको अवधिमा नै कर्जाको ब्याजदर २.२९ प्रतिशत बिन्दुले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैत महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.८४ प्रतिशत रहेको थियो । चालु आवको सोही महिनामा आइपुग्दा भने घटेर १०.५५ प्रतिशत कायम भएको छ ।

चालु आवको पहिलो महिना अर्थात् गत साउनदेखि नै कर्जाको ब्याजदर घट्दै आएको छ । गत साउनमा पनि कर्जाको ब्याजदर १२.२४ प्रतिशत रहेको थियो । तर, त्यसपछि क्रमशः घट्दै आएको छ ।

राष्ट्र बैंकका अनुसार गत भदौमा वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर १२.२३ प्रतिशत, असोजमा १२.११ प्रतिशत, कात्तिकमा ११.९६, मंसिरमा ११.८५ प्रतिशत रहेको थियो । यस्तै, गत पुसमा ११.३९ प्रतिशत, माघमा ११.०८ प्रतिशत र फागुनमा ११.७८ प्रतिशत रहेको थियो ।

विशेषगरि बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि महिनैपिच्छे घट्दै आएको छ । जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । चैत महिनामा बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ ।

गत वर्षको चैतको तुलनामा निक्षेपको ब्याजदर १.७३ प्रतिशत बिन्दुले घटेको हो । गत वर्षको चैतमा पनि बैंकको निक्षेपको औसत ब्याजदर ८.२६ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकका अनुसार गत साउनमा पनि निक्षेपको औसत ब्याजदर ८ प्रतिशत, भदौमा ८.०६ प्रतिशत रहेको थियो । त्यसपछि निरन्तर घटी रहेको छ । गत असोजमा ७.९० प्रतिशत, कात्तिकमा ७.७६ प्रतिशत, मंसिरमा ७.६२, पुसमा ७.३२, माघमा ७.०१, फागुनमा ६.७४ प्रतिशत रहेको थियो । यसरी निरन्तर निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो ।

लागत घट्दा बैङ्कहरूको आधार दर (बेस रेट) पनि घट्न थालेको छ । चैतमा बैंकहरुको औसत आधार दर ८.९१ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकहरुको औसत आधार दर १.९७ प्रतिशत बिन्दुले घटेको हो । गत वर्षको चैत महिनामा भने १०.४८ प्रतिशत थियो । आधार दर घट्दै जाँदा ऋणीलाई नै राहत हुने गरेको छ । यसले कर्जाको ब्याजदर घटाउँछ ।

यता, विकास बैंकहरुको कर्जाको औसत ब्याजर पनि १२.१७ प्रतिशत कायम भएको छ । विकास बैंकहरुको कर्जाको ब्याजदर पनि गत भदौदेखि निरन्तर घटी रहेको छ । गत भदौमा १३.९९ प्रतिशत रहेको ब्याजदर त्यसपछिका महिनामा क्रमशः घट्दै आएको देखिन्छ। विकास बैंकहरुको निक्षेपको औसत ब्याजदर पनि ७.५८ प्रतिशत छ । हाल यी बैंकहरुको आधार पनि १०.४१ प्रतिशत छ ।

यस्तै, वित्त कम्पनीहरुको निक्षेपको औसत ब्याजदर ८.८२ प्रतिशत छ भने कर्जाको ब्याजदर १३.३६ प्रतिशत छ । हाल वित्त कम्पनीहरुको औसत आधार दर १२.०२ प्रतिशत कायम भएको छ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका