जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकको कार्यकारी निर्देशकमा अनुज दाहाल बढुवा

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा अनुज दाहाल बढुवा

नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दाहाल कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संशाधन विभागको साउन २० गते बसेको बैठकले दाहाललाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकमा डेढ दशकअघि प्रवेश गरेका दाहाल यस अवधिमा विभिन्न विभागमा कार्यरत रहे। निर्देशक रहँदा उनी वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत थिए। कार्यकारी निर्देशकमा बढुवा भएसँगै अब उनले संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी सम्हाल्नेछन्।

राष्ट्र बैंकमा दाहालको व्यवस्थापकीय अनुभव, पेशागत दक्षता र नेतृत्व क्षमताको आधारमा कार्यकारी पदमा उन्नति भएको बैंक स्रोतले जनाएको छ।

2230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका