जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमारलाल र राष्ट्रिय जीवन बीमा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाललगायत पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

2830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका