जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिन्छौ : पवन गोल्यान

युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिन्छौ : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाउनुभयो । नेपाली कृषिजन्य उत्पादन भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैंले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष गोल्यानले भारतले नेपाली अलैंची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको समेत जानकारी दिनुभयो । उहाँले नेपाली युवाले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सीवीफीनले आर्थिक सहयोग गर्नसक्ने बताउनुभयो ।

अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताउनुभयो । अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताउनुभयो ।

1320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका