जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बैंकहरूको क्यापिटल समस्या सम्बोधन गरी लगानी क्षमता बढाइने छ : डेपुटी गभर्नर मिश्र

बैंकहरूको क्यापिटल समस्या सम्बोधन गरी लगानी क्षमता बढाइने छ : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरूमा देखिएको क्यापिटल एडुकेसीको समस्या सम्बोधन गरी लगानी क्षमता बढाइने बताए। नेपाल आर्थिक पत्रका संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले बैंकहरूमा देखिएको क्यापिटल एडुकेसीको समस्याले कर्जा लगानी क्षमतामा कमी आएको हुँदा पुँजीकोष बढाउन विकल्प दिएर त्यसलाई सम्बोधन गरिने बताएका हुन्।

उनले भने, ‘मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्पत क्यापिटल एडुकेसी बढाउने केही विकल्प दिने कुरा समेटिसकेका छौँ। यो चाँडै सम्बोधन हुन्छ।’ बैंकहरूलाई पुँजी कोषको विकल्प दिए लगानी क्षमता बढेर आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने उनको भनाइ छ। साथै, बजेटमा आएको सहुलियतपूर्ण कर्जामा केन्द्रीय बैंकले केही समन्वय गरी संशोधन गरेर अगाडि बढाउने उनले बताए।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका