जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकद्धारा लेलेमा नयाँ एटीएमको उद्घाटन

लुम्बिनी विकास बैंकद्धारा लेलेमा नयाँ एटीएमको उद्घाटन

लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले थप एक एटीएमको उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैकले सेवा विस्तार गर्ने क्रममा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ०५ स्थित आफ्नो लेले एक्सटेन्सन काउन्टर बाट एटीएमको सेवा शुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पु¥याउन पहल गरेको छ ।

उक्त उद्घाटन कार्यक्रमको सभापतित्व विकास बैंकका मुख्य प्रबन्धक दिपक खनालले गर्नुभएको थियो साथै एटीएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष मिलन सिलवालले गरेका छन् । उक्त समारोहमा अतिथिको रुपमा गोदावरी नगरपालिकाका वडा नं. ५ का वडा सचिव बाल कृष्ण सिलवाल र मध्य ललितपुर कृषि विकाश सहकारी संस्थाका अध्यक्ष बच्चु राम सिजापतिले गरेका हुन् ।

साथै, उक्त समारोहमा बैंकका कर्मचारीहरु, स्थानिय व्यवसायीहरु एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा मध्य ललितपुर कृषि विकास सहकारी संस्थाका अध्यक्ष बच्चु राम सिजापतीले शुभकामना मन्तब्य राखेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको थप एक नयाँ एटीएमको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा २० वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

1300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?