जोडिनुहोस
आइतवार, असार २१, २०८३
आइतवार, असार २१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल इस्टन ब्लुमा छूट पाउने

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल इस्टन ब्लुमा छूट पाउने

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकहरूले इलामको सूर्योदयस्थित होटल इस्टन ब्लुमा छूट पाउने भएका छन्। बैंकले होटलसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ।

उक्त सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरूमा १५ प्रतिशत छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। ग्राहकहरूले बैंकको कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी बैंकसँग आवद्ध भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटीएम तथा विभिन्‍न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ।

3265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर