जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

गरिमा विकास बैंक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

गरिमा विकास बैंक लिमिटेडको १७औं बार्षिक साधारणसभा कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ । साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहरm पारित गरेको छ ।

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पू¤जी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ । साधारणसभाको लागि पुष १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा पुष १६ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।

3675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?