जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलमा वैदेशिक रोजगारमा रहेकाले नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सक्ने

प्रभु क्यापिटलमा वैदेशिक रोजगारमा रहेकाले नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सक्ने

प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उदेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले यो योजना ल्याएको जनाएको छ ।

क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोल्न सक्ने क्यापिटलले जनाएकाे छ ।

व्यक्तिले अनलाइन रिक्वेष्ट गर्दा भिडियो केवाइसी छनौट गरी आफू अनुकूल समयमा अपोइन्टमेन्ट लिई सो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ ।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका