जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई पोखराको युआरएलमा छुट

प्रभु बैंकका ग्राहकलाई पोखराको युआरएलमा छुट

प्रभु बैंक लिमिटेड र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)बीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षणमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतानुरुप थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परीक्षण गरिने सम्पूर्ण ल्याब सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरूलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट दिने व्यवस्था छ ।

गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले सञ्चालन गरेका मुख्य कार्यालय सभागृहचोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटन, बाटुलेचौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहुँको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लम्जुङको बेशीशहर, स्याङजाको पुतलीबजार, वालिङ लगायत १८ भन्दा बढी ल्याबहरुमा उक्त छुट प्राप्त गर्न सकिनेछ ।

2435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?