जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • झुटो बिल भरपाई बनाएर ६६ लाखभन्दा बढी भुक्तानी गरेको आरोपमा ६ जनाविरुद्ध आरोपपत्र दायर

झुटो बिल भरपाई बनाएर ६६ लाखभन्दा बढी भुक्तानी गरेको आरोपमा ६ जनाविरुद्ध आरोपपत्र दायर

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसम्भार र रुख बिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याई भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर्मचारी तथा निर्माण व्यवसायी गरी ६ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
आयोगका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरी झुट्टा बिल भरपाई बनाई ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा भुक्तानी गरेको पाइएपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको हो । आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पु-याउने कार्यसमेत गरेको देखिएको हुँदा जिल्ला प्राविधिक कार्यालयका कर्मचारी एवं निर्माण व्यवसायी उपर आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

6390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका