जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, अन्यलाई रिफर गर्दा ३५ रुपैयाँसम्म आम्दानी हुने

इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, अन्यलाई रिफर गर्दा ३५ रुपैयाँसम्म आम्दानी हुने

भुक्तानी सेवा प्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इ सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् ।

अफर अन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रजिस्टर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ।  यस्तै इसेवामा न्यूनतम एक सय रुपैयाँ लोड गर्दा ५ रुपैयाँ र कारोबार गर्दा १० रुपैयाँसहित ३५ रुपैयाँ आम्दानी गर्न सकिन्छ। रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरी आग्रह –रिफर स्वीकार गर्नुपर्ने कम्पनीले जारी बिज्ञप्तीमा उल्लेख छ ।

इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको  थियो। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको बताएको छ ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जानकारी दिएको छ।

2560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका