जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टर बलम्बुलाई सहयोग

कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टर बलम्बुलाई सहयोग

कृषि विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई बैंकले आर्थिक सहयोग गरेको हो । कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाई कार्यको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको बताए ।

बैंकले अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । अटिजम केयर सेन्टर सञ्चालन भएको स्थल बलम्बुमा जानको लागि सहज होस भनेर कृषि विकास बैंकको सहयोगमा पुथ्वी राजमार्ग अन्तर्गत गुर्जुधारा चोकदेखि बलम्बु, पशुसेवा कार्यालय, चन्द्रागिरी वडा नम्बर १२, पुलको मुख र चन्द्रागिरी वडा नम्बर १ देखि अटिजम केयर सेन्टर सञ्चालनस्थलसम्म सडकमा अटिजम केयर सेन्टर जाने बाटो लेखिएका जानकारीमुलक (न्यारेसन बोर्ड) प्लेट राखिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंक बजार व्यवस्थापक तथा वरिष्ठ अधिकृत लिला जिसीले राज्यस्तरबाट अटिजम भएका बालबालिकालाई शिक्षा र थेरापी दिनुपर्ने दायित्वको जिम्मेवारी अभिभावकहरुबाट पूरा भएको प्रति प्रशंसा गरे । महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आंशिक र नियमित गरी १५ जना बालबालिका सिकाई प्रक्रियामा छन् ।

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका