जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले एकैपटक ६ स्थानमा विस्तार गर्‍यो शाखा, कहाँ कहाँ खोलियो ?

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक ६ स्थानमा विस्तार गर्‍यो शाखा, कहाँ कहाँ खोलियो ?

राष्ट्रिय वाणिज्य बैंकले देशका विभिन्न ६ स्थानमा एकैपटक शाखा विस्तार गरेको छ।

बैंकले सुनसरीको हरिनगरा नगरपालिका-२ भुटाहा, काठमाडौं महानगरपालिका-२ लाजिम्पाट, काठमाडौं महानगरपालिका-४ सुकेधारा, पोखरा महानगरपालिका-१ हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राम र बर्दियाको बढैयाताल-६ मैनापोखरमा शाखा विस्तार गरेको हो। विस्तारसँगै बैंकका शाखा संख्या २९४ पुगेको छ।

नयाँ शाखाले आइतबारबाट कारोबार थालेको बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बैंकले स्याङ्जाको चापाकोट नगरपालिका-१० स्थित इसान बहुप्राविधिक शिक्षालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकको यो ७३ औं एक्स्टेन्सन काउन्टर हो।

1160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?