जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो २०८१ को क्यालेन्डर

कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो २०८१ को क्यालेन्डर

कामना सेवा विकास बैंकले वि.सं. २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो ।

बैंकको क्यालेन्डरमा राखिएका तालहरुको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

नेपाल पंचाङ्ग निर्णायक विकास समितिवाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्ययमवाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।

उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ ।

डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका