जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष कार्कीले सम्हाले जिम्मेवारी, गभर्नरसामु लिए शपथ

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष कार्कीले सम्हाले जिम्मेवारी, गभर्नरसामु लिए शपथ

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीले जिम्मेवारी सम्हालेका छन्। उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिइ जिम्मेवारी सम्हालेका हुन्।

शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिना र डेपुटी गभर्नर बमबहादुर मिश्र तथा बैंक सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावल उपस्थित थिए।

शपथपछि कार्कीले प्रभु बैंक पुगेर पद्‍भार ग्रहण गरेका छन्। उनले बैंक सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गत पुस २९ गते भएको बैंकको २३औं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका सेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक निर्वाचित भएका कार्की असार १९ गते सञ्चालक समितिको बैठकबाट अध्यक्ष चुनिएका थिए।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका