जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंक ग्राहकको पहिलो रोजाइमा, ग्राहक संख्या ५० लाख नाघ्यो

ग्लोबल आइएमई बैंक ग्राहकको पहिलो रोजाइमा, ग्राहक संख्या ५० लाख नाघ्यो

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघेको छ। स्थापनको १७ वर्षमा बैंकले आफ्नो ग्राहक संख्या ५० लाख कटाएको हो।

२०६३ मा स्थापना भएको बैंकले विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा अक्विजिसन गरेको छ। अधिकांश वित्तीय सूचकहरुमा आफू मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको ग्लोबल आइएमईले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

ग्राहक संख्याका साथै पुँजी, शाखा सञ्जाल र कुल निक्षेपका आधारमा ग्लोबल आइएमई पहिलो नम्बरमा छ। बैंकमा हालैमात्र निक्षेप ५ खर्ब रुपैयाँ नाघेको थियो।

बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।

2790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका