जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • ‘निषेधाज्ञामा पैसा नतिर्ने ग्राहकको पनि इन्टरनेट नकाट्नु’

‘निषेधाज्ञामा पैसा नतिर्ने ग्राहकको पनि इन्टरनेट नकाट्नु’

नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा महशुल भुक्तानी नगर्ने उपभोक्ताको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।

प्राधिकरणले कोभिड-१९ को दोस्रो लहरको संक्रमण तीब्र बन्दै गएको भन्दै दूरसञ्चार तथा इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सचेत गराएको हो।

अहिलेको परिस्थितिमा सेवा अवरुद्ध हुँदा उपभोक्ताहरुमा नकारात्मक असर पर्न जाने भन्दै महशुल भुक्तानी गर्न नगरेका ग्राहकहरुको सेवा नकाट्न प्राधिकरणले निर्देशन दिएको हो।

त्यसैगरी, सम्भव भएसम्म विद्युतीय माध्यमबाट महशुल भुक्तानी लिने व्यवस्था गर्न र सर्भिस सेन्टरमार्फत् सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने गरी महशुल उठाउन निर्देशन दिएको छ। परिस्थिति अनुकुल भएपछि पनि कुनै बिलम्ब शुल्क नलिइ सेवा सुचारु गर्न पत्राचार गरेको छ।

स्थानीय प्रशासनले ४१ भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ। प्राधिकरणले यस्तो बेलामा इन्टरनेटको माग बढिरहेको र उपभोक्ताहरु घर भित्रै सीमित भएकोले सेवा निरन्तर दिनुपर्ने जिकिर गरेको छ। सेवा प्रदायकहरुले निषेधाज्ञाको समयमा सेवा प्रदायकहरुले सेवा रोकेको जनगुनासो बढेपछि निर्देशन जारी गरेको जनाएको छ

3460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका