जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कटारीको वर्मी जंगलमा १३ लाख लुटपाट

कटारीको वर्मी जंगलमा १३ लाख लुटपाट

उदयपुरको कटारी नगरपालिका–८ स्थित वर्मी जंगलमा १३ लाख ७७ हजार ८९५ लुटपाट भएको छ । ओखलढुंगामा खाद्यान्न पुर्याएर फर्कंदै गरेका प्रदेश–२–०१–००१च ०३६९ नम्बरको बोलेरोका चालक मंगलबार साँझ लुटिएका हुन् । उदयपुरको कटारी–४ बस्ने  २५ वर्षीय बोलेरो चालक प्रकाश श्रेष्ठलाई लुट्ने रमेशकुमार श्रेष्ठलाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । लुटपाटमा संलग्न ५४ वर्षीय रमेश ओखलढुंगा चिसम्खु गापा–३ का स्थानिय हुन् ।

ओखलढुंगामा खाद्यान्न छाडेर कटारी फर्कन लागेका प्रकाशलाई रमेशले ‘म पनि व्यापारका लागि कटारीसम्म सँगै जान्छु’ भनेर प्रस्ताव गरेका थिए । त्यसपछि उनीहरु बोलेरोमा सँगै आए । वर्मी जंगलमा पुगेपछि प्रकाशले शौच गर्नका लागि बोलेरो रोके । पिसाव गरिरहेको बेला रमेशले एक्कासि ढुंगाले गर्धनमा हिर्काएर प्रकाशलाई बेहोस बनाई झोलामा रहेको नगद र मोवाइल लुटेर भागेको एसपी बोहराले बताए ।

साँझ ५ बजे लुटपाट भएको थियो । नगद कटारी नगरपालिका–४ घर भएका जमानसिंह बस्नेतको भएको बताइएको छ । घटना भएको करिब दुई घण्टापछि इलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी बेतलीबाट खटिएको टोलीले  कटारी–४ स्थित गवुवा जंगलबाट आरोपीलाई पक्राउ गरेको हो । प्रहरीले रमेशको साथबाट लुटेको पैसा र मोवाइल बरामद गरिएको छ । लुटमा संलग्न रमेश पूर्व सुमो चालक हुन् । बोलेरो चालकको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न रमेशलाई चोरी र ज्यान मार्ने उद्योग मुद्दामा इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान गरिरहेको छ ।

5105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका