जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • उच्च अंकले बजार बढ्दा १५ अर्ब बढीको कारोबार

उच्च अंकले बजार बढ्दा १५ अर्ब बढीको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार बजार र कारोबार उच्च अंकमा वृद्धि भएको छ ।यो दिन बजार ६१.६१ अंकले बढेर नेप्से परिसूचक २ हजार ४८५.९४ विन्दुमा आइपुगेको  छ।

यो दिन राम्रा बलिया कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १३.५३अंक बढेर ४४९.६८ विन्दुमा आइपुगेको  छ। यो दिन बजार र कारोबार उच्च अंकमा वृद्धि हुँदा १५ अर्बं २३ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । 

यो दिन १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५६ वटा कम्पनीको घटेको छ भने ५ वटा को स्थिर  छ ।यसैगरी, यो दिन नेप्सेमा सूचीकृत सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । 

धितोपत्र बजारमा लगानीकर्ताको उत्साह आइतबार पनि देखियो। बजार र कारोबार बढ्दै जानुले पनि यहि पुष्टि गरेको छ । अझ खासगरी भन्ने हो भने लगानीकर्ता बैंकिङ उपसमूहमा आकर्षित हुँदा बजार बढ्न टेवा पुगेको हो ।

उपसमूहमध्ये सबैभन्दा धेरै व्यापार उपसमूह सबैभन्दा बढी अर्थात् ६.८० अंकले बढेको छ । त्यस्तै होटल तथा टुरिजम उपसमूह ४.२१ अंक, अन्य उपसमूह ३.५०, बैंकिङ ३.८६अंकले बढेको छ । त्यस्तै अन्य समूह ३.३८ अंकले बढेको छ । कारोबार रकमका आधारमा यो दिन उक्त अवधिसम्ममा सोल्टी होटल छ ।

उक्त कम्पनीको ३४करोड १० लाखभन्दा बढीको कारोबार भएको छ ।त्यस्तै हिमालयन रिको ३० करोडभन्दा माथिको कारोबार भएको  छ। यसैगरी,कुमारी बैंकको २७ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

पहिलो कारोबार दिन चार वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको  छ। जसमा युनाइटेड मोदी हाइड्रोपावर,समता लघुवित्त वित्तीय संस्था,गणपति लघुवित्त वित्तीय संस्था र हिमालयन बैंक रहेका छन् ।यो दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.८६ प्रतिशतले बढेको  छ। त्यस्तै यो दिन शिकलेश हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

पछिल्लो एक महिनामा समग्र शेयर बजार १७.२१ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ । गत असार ६ गते नेप्से परिसूचक २ हजार ६८ विन्दुमा रहेकोमा साउन ७ गतेसम्ममा आइपुग्दा शेयर बजार लगभग २ हजार ५०० विन्दु नजिक छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विकासप्रति सरकार प्रतिबद्ध रहेको सार्वजनिक फोरमहरुमा बताइरहँदा यसको असर केहि साता यतादेखि शेयर बजारमा देखिएको छ । जसका कारण लगानीकर्ता थप उत्साहित बन्न पुगेका छन् । 

अझ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिने क्रममा आफ्नो सरकार बनेपछि अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताएपछि अझ बजार उच्च अंकले बढ्न टेवा पुगेको हो।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?