जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • तीन वाणिज्य बैंक सीइओ विहिनः राष्ट्र बैंक बेखबर ?

तीन वाणिज्य बैंक सीइओ विहिनः राष्ट्र बैंक बेखबर ?

नेपालमा संचालनमा रहेका २७ वाणिज्य बैंक मध्ये ३ वटा बैंक सीइओ विहिन छन् भन्दा फरक पर्दैन । बैंकलाई सीइओ विहिन ३ महिना मात्रै राख्न पाउने राष्ट्र बैंकको निर्देशन भएपनि बैंक संचालक समितिले आलटाल गर्दै बैंक कामु सीइओकै भरमै चलाउने गरेका छन् भन्दा फरक पर्दैन ।

सेञ्चुरी बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेडमा अहिले सीइओ खाली छ । यी तिनवटै बैंकमा कामु सीइओले नै काम गरिरहेका छन् । बैंक अफ काठमाडौं लिमिटेडले भने हालै सीइओ पाएको छ । बैंकका डिपुटी सीइओ श्रवण लाल मास्केलाई बैंक सञ्चालक समितिले सीइओमा नियुक्त गरेको छ भन्दा फरक पर्दैन ।

भनिन्छ, कुमारी बैंक लिमिटेडले डिपुटी सीइओ अनुजमणी तिमिल्सेनालाई नै सीइओ केही दिन भित्र नियुक्त गर्ने तयारी गरेको भेटिएको छ भने सेञ्चुरी बैंकमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको देखिन्छ । केही दिन भित्रै बस्ने बैंक संचालक समितिले पाण्डेलाई सीइओ नियुक्त गर्दैछ भन्दा फरक पर्दैन । अर्को माडवाडी समुदायको बैंक सिद्धार्थ बैंक लिमिटेडमा पूर्व सीइओ सुरेन्द्र भण्डारीलाई नै ल्याउने तयारी रहेको भेटिएको छ । यदि उनी नआए सेञ्चुरी बैंकका पूर्व सीइओ तुलसी राम गौतमलाई भित्र्याउने तयारी रहेको एक सञ्चालकले नाम नलेख्ने शर्तमा आर्थिक बजारन्यूज डटकमलाई बताए ।

नेपाल राष्ट्र बैंकले कानमा तेल हालेर बसेपछि यी तीन बैंकले समयमै सीइओ नियुक्त गर्न आलटाल गरेका छ भन्दा फरक पर्दैन ।
३ वटै बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुले पदबाट राजीनामा दिइसकेका छन् । यी बैंकले अहिलेसम्म सिइओ नियुक्त गर्न सकेका छैनन् । निमित्त सिइओको भरमा बैंक सञ्चालन गरिरहेका छन् । बैंकको सिइओ हटेको कम्तिमा तीन महिना भित्रै नयाँ सिइओ नियुक्ती गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । गर्भनर साब हेक्का होस् ।

कुमारी बैंक लिमिटेड अहिले कामूको भरमा रहेको छ । बैंकका सिइओ सुरेन्द्र भण्डारी बैंकबाट विदा करिब साढे ४ महिना बढी भइसकेको छ । अहिलेसम्म बैंकले सिइओ खोज्न सकेको छैन भन्दा फरक पर्दैन ।भण्डारीले साउन १ गतेदेखी ४ वर्षे कार्यकाल पुरा गरेर बैंकबाट बाहिरीएका हुन् । भण्डारीले अवकाश लिएपछि अहिले बैंकका वरिष्ठ नायब कार्यकारी अधिृकत अनुजमणि तिमल्सिनालाई कामुको जिम्मेवारी दिइएको छ । कुमारी बैंकमा तिमिल्सिनालाई नै सीइओको जिम्मेवारी दिने पक्का पक्की छ भन्दा फरक पर्दैन । तिमिल्सिनाले सेञ्चुरी बैंकमा पनि सीइओकोरुपमा काम गरिसकेका व्यक्ति हुन् ।

अहिले सिद्धार्थ बैंक पनि नेतृत्व बिहीन बनेको छ । अन्य बैंकजस्तै सिद्धार्थ पनि कामुको भरमा रहेको छ । बैंकका सिइओ शम्भुनाथ गौतमले ४ वर्षे कार्यकाल पुरा गरेर साउन २५ गते अवकास लिएका हुन् । गौतमले अवकाश लिएपछि अहिले नायब प्रमुख कार्यकारी अकिृत सुन्दरप्रसाद कँडेललाई कामू सिइओको जिम्मेवारी दिइएको छ ।

बैंकले करिब तीन महिनासम्म पनि नयाँ सिइओ नियुक्त गर्न सकेको छैन । गभर्नर साब । सिद्धार्थले कुमारीमा सीइओबाट बाहिरिएका भण्डारीलाई सीइओ बनाउने चर्चा छ । भण्डारीको कुलिङ पिरियड अझै ३ महिना बाँकी छ भन्दा फरक पर्दैन । अर्को सेञ्चुरी बैंक पनि कामूको भरमा नै चलिरहेको छ । बैंकको सिइओ तुलसीराम गौतमले व्यक्तिगत कार्यव्यस्तता देखाउँदै असार २० गते राजीनामा दिएका थिए । अहिले मनोज न्यौपानेलाई कामू सिइओको जिम्मेवारी दिइएको छ । गौतमले २० गते दिएको राजीनामलाई ३० गते बसेको सञ्चालक समितिले स्वीकृत गरेर साउन १ देखी लागू हुनेगरी न्यौपानेलाई कामूको जिम्मेवारी दिइएको छ । अहिलेसम्म बैंकले सिइओ नियुक्त गर्न भनेको सकेको छैन । भन्दा फरक पर्दैन । सचेत भया ।

9275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?