जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान

कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान

 कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवद्र्धन गर्न आफ्नो महिला कर्मचारीहरुका साथै ग्राहकहरुका लागी आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान गरेको छ ।

दिगो विकासको लक्ष्य अन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित विभिन्न कार्यालयहरुमा समेत सो भेन्डिङ्ग मसिन जडान गरेको हो । nमसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकले रजश्वलाको वेला उक्त सुविधा सहजै प्रयोग गर्न सकिने गरि विभिन्न कार्यालयहरुमा जडान गरिएको छ ।

बैंकले आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री वनाउने योजना अनुरुप महिला कर्मचारीहरु त्था ग्राहक महानुभावहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरिएको जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि पनि जनस्वास्थ्यको प्रवद्र्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतका अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्