जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गरिमा विकास विकास बैंकको मुर्गिया शाखा सञ्चालनमा

गरिमा विकास विकास बैंकको मुर्गिया शाखा सञ्चालनमा

गरिमा विकास बैंकल बुधबार सैनामैना नगरपालिका वडा नं. ४, मुर्गिया रुपन्देही स्थित मुर्गिया शाखा कार्यालयको औपचारिक उद्घाटन गरि सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरेको हो ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा  राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले आधुनिक सुविधा सहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड कर्जा लगानी गरेको जनाएको छ ।

8600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका