जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • निक्षेप र ऋणको ब्याज परिवर्तन हुने बित्तिकै ग्राहकलाई एसएमएस गर्नु पर्ने

निक्षेप र ऋणको ब्याज परिवर्तन हुने बित्तिकै ग्राहकलाई एसएमएस गर्नु पर्ने

अब बैंक तथा वित्तीय संस्थाहरुले ऋणको मात्र होइन निक्षेपको ब्याज परिवर्तन हुँदासमेत ग्राहकलाई जानकारी गराउनु पर्ने भएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै निक्षेप र कर्जाको ब्याज दर परिवर्तन सम्बन्धि जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने ब्यवस्था गरिने बताएका हुन्।

अहिले बैंकहरुले मासिक रुपमा ब्याज पत्रपत्रिका र आफ्नो वेवसाइटमा प्रकाशित गर्दै आएका छन्। अब ग्राहकले दिएको मोबाइल नम्बरमा एसएमएस गरेर वा इमेल गरेर पठाउनु पर्ने हुन्छ।

ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्कृय भएका बैंक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट समेत अद्याधिक गरी खाता सुचारु गर्न सकिने ब्यवस्था राष्ट्र बैंकले गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ।

बैंक वित्तीय संस्थाले गत बर्षको नाफाको एक प्रतिशत सीएसआरमा छुट्याउनु पर्छ। यो पैसा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, जीवन रक्षक भ्यक्सिन, औषधिमा खर्च गर्ने ब्यवस्था राष्ट्र बैंकले मिलाउने भएको छ।

राष्ट्रिय महत्वका आविस्कार केन्द्र तथा मानव सेवाजस्ता परोपकारी कार्यमा गरेको खर्चसमेत सीएसआर कोषबाट हुने खर्चमा गणना गर्न सकिने भएको छ।

5025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?