जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • सिटिजन लाइफ दमक शाखाले गर्यो ५६ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ दमक शाखाले गर्यो ५६ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दमक शाखाले विर्तामोड एरियाकै सबैभन्दा ठूलो दावी भुक्तानी गरेको छ । दमक शाखामा आयोजित दाबी भुक्तानी कार्यक्रममा ५६ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त दाबी भुक्तानी वापतको चेक स्वर्गिय बीमित भुपिन बाबु ढकालको श्रीमति इन्दिरा ढकाललाई बिर्तामोड एरिया ब्रान्च म्यानेजर उत्तम कोइरालाले हस्तान्तरण गरेका हुन् ।

स्वर्गिय भुपिन बाबु ढकालले चारवर्ष अघि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट वार्षिक अग्रीम भुक्तानी योजना ५० लाख बीमांक बराबरको खरिद गरेका थिए । उनको असामयिक निधन पछि कम्पनीले ५० लाख बीमांक, चार बर्षको बोनस रकम र ५० हजार काजक्रिया खर्च सहित ५६ लाख ८० हजार एकमुष्ठ प्रदान गरेको हो ।

सो कार्यक्रममा एरिया ब्रान्च म्यानेजर उत्तम कोइरालाले मृतक भुपीन बाबुका ढकालको आत्माको चीर शान्तिको कामना गर्दै बीमा बाट प्राप्त रकम सहि ठाउँमा लगानी गर्न सुझाव दिए ।

त्यस्तै स्टार एजेन्सी म्यानेजर भेषराज भट्टराईले बीमाले बीमाशुल्क लिने मात्र होइन दावी भुक्तानी पनि सरल र छिटो तरिकाले भुक्तानी दिने गरेको बताए ।

त्यस्तै, परिवारको तर्फबाट डिल्लीराम ढकालले सिटिजन लाइफले छिटो तथा सहज ढंगले दावी भुक्तानी दिएकोमा कम्पनीलाइ धन्यवाद दिए । सो कार्यक्रमको संचालन दमक शाखा प्रमुख रोशन बस्नेतले गरेका थिए । सो कार्यक्रम‌मा दमक शाखाका एजेन्सी, म्यानेजरहरु सहित अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका