जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्राहककाे माेबाइलबाट नै पैसा चाेरिएकाे हाे, हाम्राे सिस्टममा खराबी छैन : माछापुच्छ्रे बैंक

ग्राहककाे माेबाइलबाट नै पैसा चाेरिएकाे हाे, हाम्राे सिस्टममा खराबी छैन : माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले आइतबार रौतहटस्थित चन्द्रपुर शाखाको ग्राहकको पैसा उनकै माेबाइलबाटै हराएकाे बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंकले यस्ताे बताएकाे हाे ।

ग्राहकको ९ लाख रुपैयाँ स्वयंम उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंकहरु र खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ ।

‘बैंकको सिस्टममा केही समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पुर्ण एसएसमएस एक्टिभेसन कोड  तथा ओटिपी ग्राहककै मोबाइलमा गएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा अनाधिकृत व्यक्तिको पहुँचमा नपुगी उक्त कारोबार नहुने देखिन्छ,’  बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकले यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध पनि गरिसकेको जनाएको छ ।

बैंकले ग्राहकहरुको खातामा रहेको पैसा सुरक्षित रहेको बताउँदै डिजिटल बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका