जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर

नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् ।

‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जाेखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन्’ उनले भने । बैंकिङ क्षेत्रको स्वास्थ्यको विषयमा प्रश्न उठ्ने गरेको तर्फ उनको संकेत थियो ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताए । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनले जानकारी दिए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको समेत उनले बताए ।

सूचक सुधार हुँदा पनि ब्याजदर केही माथि भएको भए पनि फागुनदेखि बेसरेट घट्दो दरमा पुगेको उनको भनाइ छ । पूँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निष्क्रिय कर्जा केही बढेपनि धेरै माथि नपुगेको उनले बताए । अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने उनको भनाइ छ । बैंकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्ने उनको विश्वास छ ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका