जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • मौद्रिक नीति शुक्रबार साढे १ बजेसम्म ल्याउने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति शुक्रबार साढे १ बजेसम्म ल्याउने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार दिउँसो साढे १ बजेसम्म ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी भएको बताएका हुन् ।
उनले अन्य कुरा यथावत रहेको खण्डमा नेपाल राष्ट्र बैंकले यहि शुक्रबार साढे १ बजेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैकले अघिल्लो साता नै म्रौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर सरकारले तयारी नपुगेको भन्दै एकसाताको लागि पछाडि सारको थियो । यतेबला सेयर लगानीकर्ता मौद्रिक नीतिको ब्यग्र प्रतिक्षामा रहेका छन् । सरकाले केही लचक मौद्रिक नीति ल्याउने बताईरहेकाले लगानीकर्ता पूँजीबजार र लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षामा छन् ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन् ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?