जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मौद्रिक नीति शुक्रबार साढे १ बजेसम्म ल्याउने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति शुक्रबार साढे १ बजेसम्म ल्याउने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार दिउँसो साढे १ बजेसम्म ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी भएको बताएका हुन् ।
उनले अन्य कुरा यथावत रहेको खण्डमा नेपाल राष्ट्र बैंकले यहि शुक्रबार साढे १ बजेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैकले अघिल्लो साता नै म्रौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर सरकारले तयारी नपुगेको भन्दै एकसाताको लागि पछाडि सारको थियो । यतेबला सेयर लगानीकर्ता मौद्रिक नीतिको ब्यग्र प्रतिक्षामा रहेका छन् । सरकाले केही लचक मौद्रिक नीति ल्याउने बताईरहेकाले लगानीकर्ता पूँजीबजार र लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षामा छन् ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन् ।

2620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।