जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ‘लचक मौद्रिक नीतिः निर्माण व्यवसायीलाई बम्पर, बैंकलाई राहात’

‘लचक मौद्रिक नीतिः निर्माण व्यवसायीलाई बम्पर, बैंकलाई राहात’

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसनका भाइस प्रेसिडेन्ट सन्तोष कोइरालाले निकै लचक मौद्रिक नीति आएको बताएका छन् ।
व्यवसायदेखि बैंकहरुसम्मका समस्यालाई सम्बोधन गर्ने गरी नीतिगत व्यवस्थाहरु आएका उनको भनाई छ ।

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइरालाको विचारमा मौद्रिक नीतिले लिएको निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.५ प्रतिशत हुने लक्ष्य तथा प्रक्षेपण पूरा हुने खालका नीतिगत व्यवस्थाहरु भएका छन् ।

अझ अर्थतन्त्रको मेरुदण्ड मानिएको निर्माण क्षेत्रका लागि त मौद्रिक नीतिले बम्पर व्यवस्थाहरु गरिदिएको छ । कोइरालाले भने-‘मौद्रिक नीतिका कारण शिथिल बनेको बजार चलायमान हुने भयो ।’

उनकाअनुसार बैंक तथा वित्तीय संस्थाहरुका लागि समेत राहात हुने खालका नीतिहरु आएका छन् । पूँजीकोषको दवाब लगायतका समस्याबाट पीडित बनेका बैंकहरुले मौद्रिक नीतिपछि राहातको श्वास फेर्ने अवसर पाएका समेत उनले प्रतिक्रिया दिए ।

‘समग्रमा भन्नुपर्दा अब कर्जा बिस्तार हुने वातावरण बनेको छ । बैंकहरुले थप केही काम गर्ने अवस्था बनेको छ ।’-उनले भने ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका