जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले तोक्यो सुनका असर्फी र चाँदीका सिक्काको मूल्य, १६ सयदेखि २ लाख ७६ हजार पर्ने

राष्ट्र बैंकले तोक्यो सुनका असर्फी र चाँदीका सिक्काको मूल्य, १६ सयदेखि २ लाख ७६ हजार पर्ने

नेपाल राष्ट्र बैंकले तिहारका लागि बिक्री गर्न लागेको सुनका असर्फी र चाँदीका सिक्काको बिक्री मूल्य निर्धारण गरेको छ ।
राष्ट्र बैंकले उक्त असर्फी र सिक्काको मूल्य न्यूनतम १ हजार ६०० रुपैयाँदेखि २ लाख ७६ हजार ६६३ रुपैयाँ रहेको छ ।
केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले उक्त रकम निर्धारण भएको जनाएको छ ।
महाशाखाले कात्तिक १९ देखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने जनाएको छ ।
महाशाखाका अनुसार ३० ग्राम ९०० टचको सार्क सिक्काको मूल्य २ लाख ७६ हजार ६६३ रुपैयाँ, १५ ग्रा ९०० टचको सार्क सिक्काको १ लाख ३८ हजार ३३२ रुपैयाँ रहेको छ ।
यस्तै १० ग्राम सुनको असर्फीलाई १ लाख २ हजार ३६५ रुपैयाँ, ५ ग्राम सुनको असर्फीको ५१ हजार १८३ रुपैयाँ, २.५ ग्राम सुनको असर्फीको २५ हजार ५९२ रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकको अनुसार १० ग्राम चाँदीको लक्ष्मी÷गणेश÷गजलक्ष्मी÷गाई मेडालियन र अन्य स्मारिका सिक्काको १ हजार ६०० रुपैयाँ र २५ ग्राम चाँदीको गाई मेडालियन र अन्य स्मारिका सिक्काको ४ हजार रुपैयाँ रहेको छ ।
असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ ।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका