जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ

नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ

प्रतिकूल समयका बाबजुद नवील बैंकले आफ्नो लाभांश क्षमता बढाएको छ ।  

आर्थिक वर्ष २०८०-८१ मा बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता बढाएर १४.२६ प्रतिशत पुर्याएको हो । अघिल्लो वर्ष बंैकको लाभांश क्षमता ११.७८ प्रतिशत मात्र रहेको थियो ।  

यो बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष ३ अर्ब १८ करोड वितरणयोग्य मुनाफा रहेकोमा बढेर यो वर्ष ३ अर्ब ८५ करोडको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष ४ अर्ब ११ करोड रुपैयाँमा सीमित खूद नाफा बढेर ४ अर्ब ७३ करोडको उचाईमा पुगेका कारण प्रतिसेयर आम्दानी पनि २३.६७ रुपैयाँबाट वृद्धि भई २६.०९ रुपैयाँ पुगेको छ ।  

अघिल्लो वर्ष ९ अर्ब ५१ करोडमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ९ अर्ब ८४ करोड पुगेको छ भने १७ अर्ब ७४ करोड रहेको खूद ब्याज आम्दानी केही घटी १६ अर्ब २० करोड रहेको छ ।  

अघिल्लो वर्ष सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले ५ अर्ब ४२ करोड प्रभिजन गर्नुपरेकोमा त्यस्तो भार यसपटक घटेर ३ अर्ब २२ करोडमा सीमित भएका कारण समेत नाफामा सकारात्मक प्रभाव देखिएको हो ।  

अघिल्लो वर्ष ३.३९ प्रतिशत रहेको बैंकको ग्रस एनपीएल बढेर ३.८५ प्रतिशत पुगेको छ भने नेट एनपीएल भने १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशतमा सीमित बनेको छ ।  

रिजर्बको आकार २६ अर्ब ६६ करोडबाट बढेर २८ अर्ब  ६५ करोड पुगेको छ । 

465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका