जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • एक वर्षमा १ अर्ब २५ करोड नाफा कमाएको माछापुच्छ्रे बैंकले कति दिन सक्छ लाभांश ?

एक वर्षमा १ अर्ब २५ करोड नाफा कमाएको माछापुच्छ्रे बैंकले कति दिन सक्छ लाभांश ?

माछापुच्छ्रे बैंकले एक वर्षमा सवा अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष बैंकले १ अर्ब २५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १७.९७ प्रतिशत कमी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ९० लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफा १ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कायम भएको छ । यो वर्ष बैंकले ४.०१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड २१ लाख रुपैयाँ कायम भएको छ । बैंकले जेगडा तथा कोषमा पनि ५ अर्ब ६७ करोड ३० लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १० रुपैयाँ ७६ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १४८ रुपैयाँ ८० पैसा कायम भएको छ ।
गत वर्ष बैंकको खराब कर्जा १.५६ प्रतिशत कायम भएको छ । तर, अघिल्लो आवमा भने बैंकसँग यस्तो कर्जा ०.८६ प्रतिशत मात्र रहेको थियो ।

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका