जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

कम्पनीको बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ५ अर्ब ७२ करोड ६६  लाख कुल बीमाशुल्क आर्जन गरेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ८ अर्ब ९५ करोड ४९ लाख ६० हजार पुगेको हो ।

त्यसैगरी चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रु. ३२ करोड २५ लाख७० हजार नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २ प्रतिशतले वृद्धि भएको हो । चुक्ता पुँजी रु. ३ अर्ब ३९ करोड ८ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ८१ करोड १७ लाख र जीवन बीमा कोषमा रु. ४० अर्ब २१ करोड ७९ लाख सञ्चित गरेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ९ लाख १७ हजार ९५० रहेको छ । प्रतिशेयर आम्दानी रु. १२ दशमलव ६८, मूल्य आम्दानी अनुपात ९९ दशमलव ०१ र प्रतिशेयर नेटवर्थ रु. १३२ दशमलव ०१ रहेको छ । आइतवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १ हजार २९५ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७३ दशमलव ७० बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४२ दशमलव १० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. १ हजार २९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार १८० मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य ६० कारोबार दिनयताकै उच्च रहेको छ ।

8110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका