जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको नाफासहित अधिकांश सूचकमा गिरावट

एनआईसी एशिया बैंकको नाफासहित अधिकांश सूचकमा गिरावट

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकको नाफा ४ अर्ब ४४ करोड ४७ लाख ७९ हजार रुपैयाँ थियो ।

बैंक खराब कर्जा बढेको छ भने खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । इम्पेयरमेन्ट चार्ज उल्लेख्य बढ्दा नाफा प्रभावित भएको देखिन्छ ।

खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख ६१ हजार रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज एक वर्षमा ७२ करोड १९ लाख रुपैयाँबाट बढेर २ अर्ब ८४ करोड ४३ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ । बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ । वितरणयोग्य नाफा २ अर्ब ३० करोड ४० लाख ५९ हजार रुपैयाँ छ ।

नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ १८ पैसाले घटेर ९ रुपैयाँ २६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा छ । मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। 

255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?