जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंक: निक्षेप र कर्जामा उल्लेख्य सुधार

सिटिजन्स बैंक: निक्षेप र कर्जामा उल्लेख्य सुधार

सिटिजन्स बैकले एक अर्ब बढी खुद नाफा कमाएको छ । बैकले शनिवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकको निक्षेप सङ्कलन र कर्जा लगानी दुवैमा उल्लेख्य वृद्धि गरेको छ । गत वर्ष बैंकले कुल १ खर्ब ८९ अर्ब २१ करोड ६७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यो अघिल्लो आवको तुलनामा भने १२.०७ प्रतिशत बढी हो । 

अघिल्लो आवमा पनि बैंकको निक्षेप सङ्कलन १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको थियो । यस्तै, बैंकका कर्जा लगानी पनि ९.६५ प्रतिशत बढे १ खर्ब ५३ अर्ब ३२ करोड ९१ लाख रुपैयाँ कायम भएका छ । अघिल्लो वर्ष पनि बैंकले कुल १ खर्ब ३९ अर्ब ८३ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

गत आवमा बैंकले कुल १ अर्ब ३४ करोड २४ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा अघिल्लो आवको तुलनामा भने २७.९७ प्रतिशत कमी हो । अघिल्लो आवको चौथो त्रैमासमा बैंकले १ अर्ब ८६ करोड ३७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६८ करोड ६१ लाख ७८ लाख  कायम भएको छ  । बैंकको खुद ब्याज आम्दानी सामान्य घटेको छ । जसले बैकको खुद नाफा घट्न पुगेको हो । 

गत वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ छ । गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयर धनीलाई ४.३४ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ छ । बैंकको जगेडा तथा कोषमा भने ७ अर्ब ३५करोड ७० हजार रुपैयाँ छ।  

हाल बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ ८१ पैसा कायम भएको छ। गत वर्ष बैंकको खराब कर्जा पनि सामान्य बढेर ४.०७ प्रतिशत कायम भएको छ । 

बैंकको वेसरट पनि एकल अङ्कमा आइपुगेको छ ।  कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) एवं तरलता अनुपान (लिक्वष्ड्डिटि रेसियो) ले बैंकको स्वस्थ वित्तीय अवस्था चित्रण गरेको छ।

बैंकको कुल निक्षेपमा चालु र बचत निक्षेप परिचालनको अवस्थामा उल्लेख्य सुधार भएको छ। पुँजी पर्याप्तता अनुपातमा समेत सुधार भएको छ । 

आर्थिक क्रियाकलापहरूमा सुस्तताका बाबजुद पनि गत आर्थिक वर्षमा बाग्मती प्रदेशमा ४ गण्डकी प्रदेशमा २, कर्णाली प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २ गरी ९ वटा थप शाखाहरू सञ्चालनमा ल्याएको छ ।

आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आफ्नै भवनमा लर्निङ्ग सेन्टरहरू एकसाथ सञ्चालनमा ल्याएको छ । कर्मचारीहरूलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरू सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरू सञ्चालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो ।  

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?